नियम ३२
शेयरहोल्डरहरूको प्रमाणपत्र लिने अधिकार
  प्रत्येक शेयरहोल्डरले आफ्नो नाममा रजिष्टर भएको प्रत्येक शेयरको एक प्रमाणपत्र पाउनेछ । तर त्यसरी स्वीकृति दिएमा एक भन्दा बढी शेयरहरूको भिन्दा भिन्दै प्रमाणपत्र पाउनेछ । तर त्यसरी एक भन्दा बढी लिएको प्रत्येक प्रमाणपत्र वापत समितिले रु. १।– लिन पाउनेछ । प्रत्येक शेयरको प्रमाणपत्रमा जुन शेयर वा शेयरहरू वापत सो प्रमाणपत्र दिइएको हो सो शेयरको संख्या र विशेष संख्याहरू र त्यस्को भुक्तानी भएको रकम किटिएको हुनु पर्छ ।